07/06/2026
“चकुमरी” को अर्थ के हो त?
चकुमरी शब्द नेवारी भाषाका दुई शब्द — “चाकु” र “मरी” बाट बनेको हो। चाकु भनेको परम्परागत नेवारी गुलियो परिकार हो भने मरी भनेको रोटी वा मिठाइसँग सम्बन्धित शब्द हो।
यो नामले हामीलाई अमेरिकामा चिनारी मात्र दिएको छैन, यसको पछाडि नेपालमा तीन दशकभन्दा बढी समयदेखि निर्माण भएको विश्वास, गुणस्तर, मेहनत र परम्पराको इतिहास पनि जोडिएको छ। ❤️🙏
हामीप्रति निरन्तर देखाइरहनुभएको माया, विश्वास र साथका लागि हृदयदेखि नै धन्यवाद। तपाईंहरूको साथ, सहयोग र उत्साहले नै हामीलाई हरेक दिन अझ राम्रो गर्ने प्रेरणा दिएको छ। हाम्रो यात्राको हिस्सा बन्नुभएकोमा हामी सधैं आभारी रहनेछौं। ❤️🙏