29/09/2026
🇰🇷 TOPIK परीक्षामा Proxy Exam, प्रश्नपत्र चुहावट वा नक्कली ID प्रयोग गरे ५ वर्षसम्म परीक्षा दिन नपाइने ।
दक्षिण कोरियाको शिक्षा मन्त्रालय र 국립국제교육원 ले 한국어능력시험 (TOPIK) मा हुने अनियमितता रोक्न नियम अझ कडा बनाउने घोषणा गरेको छ। अर्को वर्षदेखि लागू गर्ने योजनाअनुसार अरूलाई आफ्नो सट्टा परीक्षा दिन लगाउने, प्रश्नपत्र चुहाउने वा नक्कली परिचयपत्र प्रयोग गर्ने व्यक्तिलाई ५ वर्षसम्म TOPIK परीक्षा दिन रोक लगाइनेछ।
परीक्षा केन्द्रमा AI चस्मा लगायत AI उपकरण साथमा राखेको भेटिए २ वर्ष, र त्यस्ता उपकरण प्रयोग गरी अरूसँग सम्पर्क गरेर परीक्षाको नतिजामा असर पारेको पाइए ५ वर्षसम्म परीक्षा दिन नपाइने व्यवस्था हुनेछ। प्रतिबन्ध अवधिमा विश्वविद्यालयमा TOPIK भाषा स्कोर पनि पेश गर्न पाइने छैन।
TOPIK मा समातिएका अनियमित परीक्षार्थीको संख्या 2021 मा 331 जनाबाट गत वर्ष 606 जना पुगेको छ। AI चस्मा र अत्यन्त साना earphone पत्ता लगाउन परीक्षा केन्द्रमा रेडियो वेभ डिटेक्टर पनि विस्तार गरिनेछ।
त्यस्तै, सरकारले 2029 देखि AI तथा डिजिटल आधारित TOPIK प्रणाली लागू गर्ने लक्ष्य राखेको छ। भविष्यमा AI मार्फत प्रश्न निर्माण तथा मूल्याङ्कन गर्ने प्रणाली र सीमित स्तरबाट घरमै परीक्षा दिन सकिने ‘TOPIK Home Test’ पनि चरणबद्ध रूपमा सुरु गर्ने योजना छ।
स्रोत: 연합뉴스 (Yonhap News Agency)
प्रकाशित: 2026 सेप्टेम्बर 29
#कोरियामानेपाली #कोरियाशिक्षा #विदेशीविद्यार्थी