16/09/2026
चिलिमे जलविद्युत् आयोजनाको विद्युत्गृह क्षेत्रमा केही शव भेटिएको अधिकारीहरूले बताएका छन्।
आयोजनाका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार सुरुङभित्र पुगेका उद्धारकर्मीहरूको टोलीले तीन वटा शव भेटिएको जानकारी गराएका छन्।
शवहरू बाहिर निकाल्न नेपाली सेना, सशस्त्र प्रहरी र भारतीय सेनाको उद्धार टोलीले प्रयास गरिरहेको महर्जनले बताए।
रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले पनि दुई वटा शव भेटिएको जानकारी आफूलाई आएको बताएका छन्।