Pradip Thapa

Directions

Pradip Thapa actor

08/11/2026
07/11/2026

गाईलाई पूजा गर्ने देश राष्ट्रिय जनावर नेपालमै आज धेरै गाईबाछाहरू सडकमा अलपत्र, भोकभोकै र असुरक्षित अवस्थामा छन्। अब भाषण र पूजामा मात्र होइन, व्यवहारमै गाईबाछाको संरक्षण गरौँ। सडकमा छाडिएका बेवारिसे गाईबाछाहरूको दीर्घकालीन व्यवस्थापनका लागि स्थानीयदेखि केन्द्रीय सरकारसम्म सबैले जिम्मेवारी लिन आवश्यक छ।

गाईबाछाको उचित व्यवस्थापन गरौँ, राष्ट्रिय गौशाला निर्माण गरौँ।

03/11/2026

जुन देशमा गाईलाई माता मानेर पूजा गरिन्छ, त्यही देशमा आज गाईको बिजोग देख्नुपर्दा दुःख लाग्छ। पूजा मात्र होइन, संरक्षण र सम्मान पनि गरौँ। सडकमा अलपत्र परेका गौमाताको पीडा बुझौँ।

01/11/2026

आफ्नो सानो बाबुको जन्मदिनको शुभ अवसरमा यहाँ आएर गौमातालाई यसरी माया र श्रद्धाका साथ भोजन गराउनुभएकोमा हृदयदेखि नै धेरै धेरै धन्यवाद। 🙏❤️
जन्मदिनको खुसीसँगै गौमाताको सेवा गर्ने तपाईंहरूको यो सुन्दर सोच र पुण्य कार्यको हार्दिक प्रशंसा गर्दछौँ।
सानो बाबुलाई जन्मदिनको धेरै धेरै शुभकामना!

01/11/2026

🇳🇵 नेपाल सरकारसमक्ष हार्दिक आग्रह! 🙏
स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म सम्पूर्ण निकायलाई हाम्रो आग्रह छ।
सडकमा अलपत्र परेका बेवारिसे गाईबाछा संरक्षणका लागि नेपाल सरकारले राष्ट्रिय गौशाला निर्माण गरी राष्ट्रिय स्तरको व्यवस्थित संस्था स्थापना गरोस्।सरकार, संघसंस्था र सम्पूर्ण नागरिक एकजुट भएर गाईबाछा बचाउन पहल गरौँ। यो अभियान कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी होइन। सरकार, स्थानीय तह, सामाजिक संघसंस्था र सम्पूर्ण नागरिक एकजुट भएर पहल गरेर राष्ट्रिय गौशाला निर्माण गरौँ जय गौ माता

31/10/2026

दधिकोटबाट असहाय बाछोको उद्धार दुई–तीन दिनदेखि बाटोमा अलपत्र परेको यो सानो बाछोलाई हामीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएका छौँ

28/10/2026

सडकमा अलपत्र परेका गाईबाछाहरूको सेवाका लागि आफ्नो धानको पराल सहयोग गरिदिनुहुने शिब हरि थापा सरप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। ❤

26/10/2026

Address

Dhankuta
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Pradip Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category