Raithaane Agri Products Nepal

Call Directions Website Contact the business

Raithaane Agri Products Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Raithaane Agri Products Nepal, Grocers, Tokha Municipality/4 Dhapasi Height, Kathmandu.

Raithaane Agri Products Nepal works to conserve and promote landrace and regenerative agricultural products by strengthening market linkages and serving as a bridge between farmers and consumers.The company initiated farmers’ markets in the Kathmandu.

26/10/2026

नमस्कार !
यहाँहरू सबैलाई हार्दिक स्वागत छ।
रैथाने एग्री प्रोडक्ट्स नेपाल र किसान तथा उद्धमिहरुको सहकार्यमा आगामी कार्तिक २० देखि २२ गतेसम्म, रैथाने घर, धापासी हाइट, टोखा–४, काठमाडौंमा “स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला २०८३” आयोजना हुँदैछ।
मेलाका मुख्य आकर्षणहरू
• ५० भन्दा बढी किसान तथा उद्यमीहरूको सहभागिता !
• हिमाली तथा उच्च हिमाली क्षेत्रका विशिष्ट कृषि उपजहरूको विशेष प्रदर्शनी !
• नेपाली मौलिक खाना तथा रैथाने परिकारहरूको विशेष प्रदर्शनी !
• लक्की ड्रमार्फत उपभोक्ताहरूका लागि आकर्षक उपहार !
• सेलरोटी बनाउने प्रतियोगिता तथा उत्कृष्ट प्रतियोगीलाई पुरस्कार !
• स्वर्णिम कृषि, रैथाने खाना तथा रैथाने चुलोसम्बन्धी छलफल तथा अन्तरक्रिया!
• ढिकी, जाँतो र घट्टजस्ता परम्परागत प्रविधिको प्रदर्शन !
• बाबुनानीहरूका लागि लिङ्गे पिङको व्यवस्था !
• नेपाली मौलिक संस्कृति झल्काउने देउसी भैलो कार्यक्रम!
आउनुहोस्, रैथाने स्वाद, मौलिक संस्कृति र परम्परागत प्रविधिसँग रमाऔँ !
रमाइलो रैथाने ब्यापार मेलामा सहभागी बनौँ !

सम्पर्क :9851089994, 9851405837

17/10/2026

बडादशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !!!

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, उन्नति र प्रगतिको हार्दिक शुभकामना! सबैको घर–आँगनमा खुसी छाओस्, हरेक परिवारमा रैथाने स्वाद र संस्कृतिले बास गरोस्।

दशैँ बजारको अपार सफलतापछि फेरि भेटौँ रैथाने मेलामा!
गत असोज २३–२५ गते सञ्चालित दशैँ बजार २०८३ को अपार सफलतापछि उद्यमी, किसान तथा उपभोक्ताहरूको चाहना र सुझावलाई मध्यनजर गर्दै हामीले आउँदो तिहार–छठ पर्व विशेष स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला २०८३ आयोजना गर्न गइरहेका छौँ।
मिति: कार्तिक २०–२२ गते, २०८३
स्थान: रैथाने घर, धापासी हाइट, टोखा–४, काठमाडौं
समय: दिउँसो १:०० देखि साँझ ६:०० बजेसम्म

मेलाका मुख्य आकर्षणहरू
हिमाल, पहाड र तराईका रैथाने तथा स्थानीय उत्पादनसहित ५० भन्दा बढी स्टल।
तिहार तथा छठ पर्वका लागि आवश्यक स्थानीय उत्पादन र विशेष परिकार।
समुदाय र भूगोल विशेष खानाका परिकारसहित रैथाने चुलो।
उपभोक्ताहरूका लागि लक्की ड्रमार्फत आकर्षक उपहार।
बालबालिकाका लागि लिङ्गे पिङ।
किसान, उद्यमी र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट तथा स्थानीय उत्पादनको प्रवर्द्धन।

स्टल बुकिङ खुला गरिएको छ!
किसान, महिला तथा युवा उद्यमी, सहकारी, स्थानीय उत्पादक र रैथाने उत्पादनसँग सम्बन्धित सबैलाई स्टल बुकिङ गरी सहभागी हुन हार्दिक आमन्त्रण गर्दछौँ।
आउनुहोस्, स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ, किसान तथा उद्यमीलाई प्रोत्साहन गरौँ र रैथाने स्वाद, संस्कृति तथा परम्परालाई पुस्तान्तरण गरौँ।

आयोजक:
रैथाने एग्री प्रोडक्ट्स नेपाल
रैथाने घर, धापासी हाइट, काठमाडौं

16/10/2026
15/10/2026

दशै बजारमा लक्की ड्र मार्फत उपहार पाउनु हुनेको आफ्नै अनुभव ।

13/10/2026

खुसीको खबर !!! रैथानेमा आयो कोल्ड प्रेस तोरीको तेल मिल !!!!
रैथाने एग्री प्रडक्ट्स नेपालमा परम्परागत स्वाद, शुद्धता र गुणस्तर जोगाउँदै कोल्ड प्रेस प्रविधिबाट उत्पादित तोरीको तेल उपलब्ध छ। अब तोरी, सर्सिउ र आलस पेलिन्छ पनि ।

रैथानेको अभियानमा जोडिनुहोस्—स्थानीय उत्पादन रोजौँ, आफ्नै संस्कृति जोगाऔँ र गाउँको स्वाद सहरका घर–घरमा पुर्‍याऔँ।

रैथाने घर, धापासी हाइट, टोखा–४, काठमाडौँ
सम्पर्क :9851405837 ,01-5917529

दशैं बजार २०८३ समापन समारोह तथा उपहार वितरण कार्यक्रमको केही झलकहरु ।यहाँहरुको साथ र विश्वासले हामीलाई अझै उत्साहित बनाए...
12/10/2026

दशैं बजार २०८३ समापन समारोह तथा उपहार वितरण कार्यक्रमको केही झलकहरु ।

यहाँहरुको साथ र विश्वासले हामीलाई अझै उत्साहित बनाएको छ। आगामी दिनहरुमा पनि यस्तै माया र साथको अपेक्षा गर्दछौं।

दशैं बजार २०८३ — समापन समारोह तथा उपहार वितरण कार्यक्रम हार्दिक निमन्त्रणा!भोलि, असोज २५ गते आइतबार, दशैं बजार २०८३ को अ...
10/10/2026

दशैं बजार २०८३ — समापन समारोह तथा उपहार वितरण कार्यक्रम
हार्दिक निमन्त्रणा!
भोलि, असोज २५ गते आइतबार, दशैं बजार २०८३ को अन्तिम दिन हो। यस विशेष अवसरमा ४० जनाभन्दा बढी भाग्यमानी उपभोक्ताहरूले विभिन्न आकर्षक उपहार प्राप्त गर्नुहुनेछ। साथै, नेपाली मौलिकता झल्काउने सानो र रमाइलो रैथाने सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ।
🎁 लक्की ड्र तथा उपहार वितरण कार्यक्रम
🕞 लक्की ड्र: दिउँसो ३:३० बजेदेखि
🎁 उपहार वितरण: साँझ ५:०० बजेसम्म
स्थान: रैथाने घर, धापासी हाइट, टोखा–४, काठमाडौं

सम्पूर्ण उपभोक्ता तथा शुभेच्छुकहरूलाई दिउँसो ३:०० बजेसम्म आफूलाई आवश्यक रैथाने तथा स्थानीय उत्पादनहरू खरिद गरी कुपन लिन र “भाग्यमानी ग्राहक अभियान” मा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।
आउनुहोस्, रैथाने स्वाद, मौलिक संस्कृति र आकर्षक उपहारसँगै दशैं बजारको समापनलाई अझ रमाइलो र स्मरणीय बनाऔँ।
गाउँको उत्पादन सहरमा, रैथाने खाना घर–घरमा।

दोश्रो दिनको दशै बजार .....रैथाने घर , धापासी हाइट टोखा।
10/10/2026

दोश्रो दिनको दशै बजार .....रैथाने घर , धापासी हाइट टोखा।

Address

Tokha Municipality/4 Dhapasi Height
Kathmandu
01-5917529,9851405837

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 09:00 - 17:00
Sunday 07:00 - 19:00

Telephone

+9779851089994

Alerts

Be the first to know and let us send you an email when Raithaane Agri Products Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raithaane Agri Products Nepal:

Shortcuts

Share