10/05/2026
इलामको सूर्योदय नगरपालिका - १ गोर्खे अन्तर्गत चपलेटी क्षेत्रमा ३/४ वर्षअघि नै बिजुली विस्तारका लागि ल्याइएका पोल र तार आजसम्म लथालिङ्ग अवस्थामा जंगलमा अलपत्र छन्। गाउँमा अझै बिजुली बलेको छैन, तर राज्यको सम्पत्ति भने यसरी बेवारिसे बनाइएको छ। सम्बन्धित निकायले तुरुन्त ध्यान दिई काम सम्पन्न गरेर गाउँमा छिट्टै बिजुली बाल्ने वातावरण बनाओस्।
जनताको आधारभूत अधिकारमाथि यस्तो लापरवाही अब सह्य छैन।