12/04/2026
सही हो
नेपाल डेरी एसोसिएसनले सरकारी कार्यक्रमहरूमा पानीको सट्टा मही वा लस्सी अनिवार्य गर्न सरकारसँग माग गरेको छ। महीलाई स्वास्थ्यका लागि उपयोगी भन्दै विद्यालय, अस्पताल र कार्यालयमा समेत प्रयोग बढाउन आग्रह गरिएको छ। महीमा क्याल्सियम र प्रोबायोटिक्स हुने भएकाले स्वास्थ्यमा फाइदा पुग्ने बताइएको छ। विदेशी पेय पदार्थ घटाउँदा देशको पैसा बच्ने र किसानलाई फाइदा हुने विश्वास गरिएको छ। दोस्रो राष्ट्रिय मही दिवसका अवसरमा उपत्यकामा निस्शुल्क मही वितरण कार्यक्रम पनि आयोजना गरिनेछ।