Sikkim Farmer Producer Organisation -FPO

Sikkim Farmer Producer Organisation -FPO Sikkim Farmer Producer Organisation

18/06/2024

FPO यानी Farmers Producer Organisation को शब्द बैस्विक परिपाटीमा South Korea बाट प्रयोगमा ल्याएको हो। वास्तवमा कृषक ले स्वयं उत्पादन गरेको कृषि उत्पादलाई त्यसको बजार ब्यवस्थापन सम्म कुनै बिचौलिया नराखी अन्तिम ग्राहकसम्म पुर्याउने ब्यवस्था जो सामुहिक एवं संगठित साथै कानुनसङ्गत ढंग ले गराउने ब्यवस्था भनेको कृषि उत्पादन सङ्गठन (FPO) हो। यता भारत बर्षमा भारतको संसदले 2013 मा FPO Act 2013 पारित गरे पश्चात् FPO बनाउने क्रम सुरु गरिएता पनि MOVCD NER scheme 2016-17 देखि लागू भए यता भारतको उत्तरपुर्बी राज्यहरु को ग्रामीण स्तरमा बनाउने क्रम चलेको हो भन्दा अतिसयुक्ती नहोला। आज सिक्किम कै परिपाटीमा हेर्ने हो भने पनि सबै जिल्लाहरुमा धेरै वटा पन्जीकृत FPOs हरु छन जसमा प्रत्येक FPO मा कम से कम 300 जना जति कृषक हरु member को रूपमा छन। सिक्किममा companies act लागु नभएको हुँदा सबै FPO हरु सहकारी संस्था ( cooperative society act 1978) अन्तर्गत पन्जिकृत भएका छन।
यसरी सिक्किममा 2017 तिर बनिएका FPO हरु जसले खेतीपाती गरिएका उत्पादहरुलाई केही मात्रामा भए पनि process गरेर साथै processing plant हरु को स्थापना गरेर, value addition को काम गरेर कृषकहरुलाई उत्पादन को मुल्यमा क्रमिक वृद्धि गराउने दिसामा काम गरिरहेका छन भने अझ राम्रो बजार ब्यवस्थापन गराउन, रास्टृय एवं अन्तर्राष्ट्रिय बजारहरुमा जैविक certificate सङ्गै बेच्न सक्ने दिसा तर्फ अघि बडिरहेका छ्न। यद्यपि सिक्किम सानो राज्य रहेको, उत्पादन कम्ती रहेको अनि एउटा वा दुईवटा FPO हरु वा त एउटा सम्पुर्ण जिल्ला नै मिल्दा पनि ठुला-ठुला buyers हरु को demand लाई पुरा गर्न असक्छ्म रहेको अवस्था होस वा धेरै उत्पाद एक सङ्गठित रूपमा भएमा power of volume को फाइदा सम्पुर्ण उत्पादन गर्ने कृषक लाई पुर्याउनु सकिने ब्यवस्था बनाउने ध्ययले होस, सिक्किम का सम्पुर्ण जिल्लाका पन्जिकृत FPO हरु को सङ्ग्ठन ( federation ) जस लाई सिक्किम सरकार को सहकारी बिभागले बिगत March महिनामा Sikkim Organic Producers Cooperative Society Ltd. ( SOPCOS) को रूपमा पन्जिकृत गरिएको भएता पनि चुनाव आचार संघीयता को कारण ले आज मात्र सबै member को रूपमा पन्जीकृत FPOs हरुबाट उपस्थित बनेर पाकिम जिल्ला अन्तर्गत Rangpo को Tourist Lodge मा पन्जिकृत संस्था को first general meeting सम्पन्न भयो। उक्त बैठकमा कुल 28 वटा पन्जिकृत FPO हरु बाट सदस्य-सदस्या हरु को बाक्लो उपस्तिथिमा उप्रोक्त जनाइएका राज्य ब्यापी FPO सङ्गठन मा कुल 9 जना Board of Directors को चयन गरिएको छ जसको अध्यक्ष को रूपमा श्रीमान महिन्द्र दाहाल लाई चयन गरिएको छ भने उपाध्यक्ष द्व्य श्रीमती टीका माया गुरुङ अनि श्रीमती सरिता मङ्गर रहेका छन् भने Managing Director को निम्ति श्रीमान काशी नाथ नेपाल अनि कोसाध्यक्ष को निम्ति श्रीमान तेन्जिङ ग्याछो भुटिया मनोनीत भएका छन।

Address

Pakyong

Website

Alerts

Be the first to know and let us send you an email when Sikkim Farmer Producer Organisation -FPO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category