Lion Parbati Kharel Pandey MJF

Contact the business

Lion Parbati Kharel Pandey MJF District Governor(LY 2025-2026)

15/10/2026
30/09/2026


by sharing

i # Rooted in Service
आदरणीय क्लब अध्यक्षज्यूहरू, नमस्कार 🙏

लायन्स अन्तर्राष्ट्रियले अक्टोबर ८ देखि १८ तारिखसम्म ‘’VISION SERVICE WEEK’’ आँखाको क्षेत्रमा सेवा गर्न आह्वान गरेको छ।

यस अभियानको उद्देश्य आँखाको ज्योति जोगाउनु, समयमै समस्या पहिचान गरी आवश्यक उपचारमा सहयोग पुर्‍याउनु र आँखा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउनु हो।

हामी लायन्सहरूका लागि सेवा केवल कार्यक्रम होइन, मानवताको जिम्मेवारी र हाम्रो पहिचान हो। त्यसैले सबै क्लबहरूले आफ्नो क्षमता र स्रोतअनुसार आँखा परीक्षण, उपचार सहयोग तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी यस सेवामूलक अभियानमा सक्रिय सहभागिता जनाउनुहुन हार्दिक अनुरोध गर्दछौं💕🙏💕

आउनुहोस्, सेवा गरौँ—दृष्टि जोगाऔँ, जीवनमा उज्यालो ल्याऔँ।

16/09/2026

भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि लायन्स क्लब अफ पोखराले १ लाख ५० हज...

08/09/2026

ढिलो–चाँडो मर्नैपर्छ,
भविको यो लेखा
आफू ठूलो, अरू सानो,
कहिले नि नदेख

न ठूलो कोही, न सानो कोही,
माटो सबैको एउटै
आज तिम्रो, भोलि मेरो,
जीवनको यो खेल उस्तै

ढिलो–चाँडो मर्नैपर्छ,
भविको यो लेखा
आफू ठूलो, अरू सानो,
कहिले नि नदेख

धन–दौलत के नै गर्नु,
जाँदा केही लानु छैन
महल बनाएर के गर्नु,
चिहानमा घर पाउनु छैन

ढिलो–चाँडो मर्नैपर्छ,
भविको यो लेखा
आफू ठूलो, अरू सानो,
कहिले नि नदेख

जहाँ आवश्यकता, त्यहाँ लायन्सCaring by Sharing  Lions in Service२०८३ भाद्र १५ गते रसुवातर्फको हाम्रो सेवायात्रागत भदौ १० ...
08/09/2026

जहाँ आवश्यकता, त्यहाँ लायन्स
Caring by Sharing
Lions in Service
२०८३ भाद्र १५ गते रसुवातर्फको हाम्रो सेवायात्रा
गत भदौ १० गते आएको विनाशकारी बाढीले कति परिवारका घर मात्र होइन, उनीहरूका वर्षौँदेखिका मेहनत, सम्पत्ति, सपना र आशासमेत बगाएर लग्यो। त्यो पीडाको कल्पनाले मात्र पनि मन भारी हुन्छ।
आज उनीहरूको आँसु पुछ्न, दुःखमा साथ दिन र “तपाईंहरू एक्लै हुनुहुन्न” भन्ने अनुभूति दिलाउन समाजका विभिन्न तहबाट सेवाका हातहरू अघि बढिरहेका छन्। यही मानवीय सेवाको अभियानमा सहभागी हुने अवसर पाउनु मेरो लागि पनि एउटा सौभाग्य र आत्मसन्तुष्टिको क्षण हो।
वर्षाका कारण बाटो अत्यन्तै कठिन थियो—कतै हिलाम्मे बाटो, कतै बाटो अवरुद्ध, कतै जोखिमपूर्ण यात्रा। करिब २४ घण्टाको कठिन यात्राले शरीर थकाए पनि सेवाको उद्देश्यले मनलाई कहिल्यै थक्न दिएन।
किनकि पीडामा परेको मानिससम्म पुग्नु नै हाम्रो यात्राको सबैभन्दा ठूलो गन्तव्य थियो।
यस पुण्य सेवायात्रामा मलाई पनि सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा लायन्स क्लब अफ काठमाडौँ गुलमोहोरका संस्थापक अध्यक्ष लायन सन्दीप पराजुलीज्यू, वर्तमान अध्यक्ष लायन टिका सर लगायत सम्पूर्ण गुलमोहोर परिवारप्रति हार्दिक आभार तथा धन्यवाद। 🙏
सेवा केवल सहयोग होइन,
सेवा त मानवताको हात समातेर दुःखको अँध्यारोमा आशाको दीप बाल्नु हो। 🕯️❤️
जहाँ पीडा हुन्छ, त्यहाँ हाम्रो उपस्थिति होस्।
जहाँ आवश्यकता हुन्छ, त्यहाँ लायन्सको सेवा पुगोस। 🙏




Address

Kolkata

Website

Alerts

Be the first to know and let us send you an email when Lion Parbati Kharel Pandey MJF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lion Parbati Kharel Pandey MJF:

Shortcuts

Share